काँग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि सिटौलाले मंगलबार कोरोना परीक्षण गराएका थिए ।उनी हाल घरमा आराम गरिरहेको बताइएको छ ।
सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौला मंगलबारको बैठकमा पुगेपनि अस्वस्थ भएपछि फर्केका थिए ।
हाल अस्पताल भर्ना हुने नहुने भन्ने बारे चिकित्सकसँग परामर्श भइरहेको उनी निकट एक नेताले खरीबोटलाई बताएका छन् ।
Comments
Related News