विहारको नितिश सरकारलाई विधानसभामा विश्वासको मत हासिल
काठमाडौँ । भारतको बिहारमा राजनीतिक उथलपुथलपछि नितिश–तेजस्वी सरकारले बुधबार विधानसभामा आफ्नो बहुमत प्रमाणित गरेको छ ।
प्रतिपक्ष भारतीय जनता पार्टीको वाकआउटपछि भएको मतदानमा सरकारको पक्षमा १६० मत परेको थियो ।
२४३ सदस्यीय विधानसभामा राष्ट्रिय जनता दलका ७९, नितिशको पार्टी जेडीयूको ४५ र काँग्रेसको १९ सिट रहेको छ । त्यस्तै भारतीय जनता पार्टीका ७६ सांसद रहेका छन् ।
विश्वासको मत अघिल्लो सदनमा निकै हंगामा भएको थियो । पूर्व उपमुख्यमन्त्री तारकिशोर प्रसादले मुख्यमन्त्री नितिशको खिल्ली उडाएका थिए । उनले नितिशले धोका नदिएको त्यस्तो कुनै सम्बन्ध नरहेको उनले बताएका थिए ।
यस अघि भारतीय जनता पार्टीसँग गठबन्धनमा रहेका नितिश कुमार सो गठबन्धन तोडेर केहि दिन अघि मात्र विपक्षमा रहेको लालु यादवको पार्टी राष्ट्रिय जनता दलसँग गठबन्धन गरेका थिए ।