आउदो चुनावमा हामीले हार्न मिल्दैन- ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक आफुहरुले चुनाव हार्न नमिल्ने बताएका छन् ।
आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै घेराबन्दी भएपनि आफुहरुले यस पटक चुनाव हार्न नमिल्ने बताएका हुन् ।
एमालेलाई अहिले चौतर्फी हमला, प्रहार भइरहेको बेला आफ्नो अस्तित्वको रक्षा गर्दै विजयरथको यात्रामा आत्मविश्वासका साथ अगाडी बढिरहेको उनले बताए ।
ओलीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउन एमालेले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
एमालेको यस बैठकले आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्न लागेको छ । बैठक दुई दिनसम्म चल्ने छ ।