• Trending:

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन-  राष्ट्रपति म्याक्रों

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन-  राष्ट्रपति म्याक्रों

Economist Nepal

Fri, Bhadra 10 2079

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन-  राष्ट्रपति म्याक्रों


युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्नु हुँदैन-  राष्ट्रपति म्याक्रों



kharibot

अल्जायर्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिएका छन्।

“कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नु हुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ,” अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भने । यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताएका छन् ।

 

सम्झौतालाई पुनः जीवित गर्न सफल हुने सम्भावनाबारे सोधिएको प्रश्नमा म्याक्राेंले भने, “अब बल इरानको हातमा छ गोल गर्ने नगर्ने उसमा निर्भर गर्नेछ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.