• Trending:

गठबन्धनको कार्यदलको बैठक: आज प्रदेशसभाको मोडालिटीमा छलफल

गठबन्धनको कार्यदलको बैठक: आज प्रदेशसभाको मोडालिटीमा छलफल

Economist Nepal

Fri, Bhadra 10 2079

गठबन्धनको कार्यदलको बैठक: आज प्रदेशसभाको मोडालिटीमा छलफल


गठबन्धनको कार्यदलको बैठक: आज प्रदेशसभाको मोडालिटीमा छलफल



kharibot

फाइल तस्बीर

काठमाडौं । सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलले आजको बैठकमा प्रदेशसभाको मोडालिटीका बारेमा छलफल गरेको छ ।

आज बसेको गठवन्धन कार्यदलको वैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विहिबार प्रतिनिधिसभाको मोडालिटी बारे छलफल भएकोमा आज प्रदेशसभाको बारेमा छलफल भएको जानकारी दिएका हुन् ।

कार्कीले गठबन्धन दलका नेतृत्वले दिएको जिम्मेवारी सम्पन्न गर्न कार्यदल नजिक कार्यदल पुगेको बताए । 

उनले आफुहरुले साझा अवधारणा बनाएर जाने बताए । उनले मुलुकको स्थिरता, विकास र समृद्धिका लागि चुनावपछि पनि गठबन्धन कायम रहने बताउदै सोहि अनुरुप छलफल अगाडी बढेको जानकारी दिएका छन्  ।

उनले अब अर्को बैठक आइतबार बस्ने जानकारी दिएका छन् ।

यस अघि विहिबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी पेस गरेको थियो भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.