चीनले बनायो हवाई रेल !
काठमाडौँ । चीन फेरि एकपटक आफ्नो रेलका कारण चर्चामा छ । तर यस पटक चीन आफ्नो भविष्यको म्याग्लेभ ट्रेनको लागि समाचारमा छ । यी उच्च-गति ट्रेनहरू ट्र्याकहरूमा इलेक्ट्रोमग्नेटहरूमा चल्छन् ।
चीनले आफ्नो देशमा पहिलो एयर ह्याङ्गिङ रेल लाइन सुरु गरेको छ जुन चुम्बकले बनेको छ । यसलाई हवाई रेल पनि भनिन्छ । चीनको यो ट्रेन २६०० फिट लामो ट्र्याकसंग एक प्रयोगात्मक परियोजना हो ।
व्यापारिक उपयोगको लागि चीनको पहिलो हवाई रेलले शुक्रबार पूर्वी चीनको शानडोङ प्रान्त क्विङदाओमा बनाइएर सकिएको छ । ट्रेनको अधिकतम गति ७० किमी प्रति घण्टा हुने र २०० भन्दा बढी यात्रुहरू बोक्न सक्ने बताइएको छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले रेलको तस्बिर सार्वजनिक गरेको छ । ट्रेनको चुम्बकले एक बल उत्पादन गर्दछ, जसले ट्रेन हावामा उठ्छ। यो ट्रेन जमिनबाट करिब ३३ फिट माथि चल्ने बताइएको छ । ट्र्याकसँग यसको कुनै सम्पर्क हुने छैन । यो ट्रेनको सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ की जब यो चल्छ, यसबाट कुनै आवाज आउने छैन । रिपोर्टका अनुसार यसले पारम्परिक ट्रेनको तुलनामा धेरै कम विद्युत चुम्बकीय विकिरण उत्पादन गर्छ । यसबाहेक, यो बनाउन सस्तो पनि छ ।