बक्स अफिसमा चलेन विजय देवरकोन्डाको जादू
काठमाडौँ । भारतीय बक्स अफिसमा साउथ इण्डियाका सुपरस्टार विजय देवरकोन्डाको जादू चलेन । विहिबार रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म लाइगरले दर्शकलाई निराश गरेको छ ।
बक्स अफिसमा ब्लकबस्टर फिल्म साबित हुने विश्वास गरिएको यो फिल्मले रिलिजको दोस्रो दिनमा नै निराशा व्यहोरेको छ । हिन्दी, तमिल, कन्नड, मलायालम र तेलुगु भाषामा देशभरका झण्डै २ हजार ५ सय स्क्रिनमा रिलिज भएको पुरी जगन्नाध फिल्म दोस्रो दिनमा नै दर्शकले अस्वीकार गरेका छन् ।
पहिलो दिन सबै भाषामा १९ करोड कलेक्सन गरेको लाइगरले दोस्रो दिन करिब ८ करोड मात्र कमाई गरेको छ । विजय देवरकोंडाको फिल्मको बक्स अफिस कलेक्सन रिलिजको दोस्रो दिनमा ४७.५ प्रतिशतले घटेको छ ।
पहिलो दिन तेलुगुमा राम्रो कमाई गरेको लाइगरको दोस्रो दिनको तथ्यांक हेर्दा तेलुगु भाषीले आफ्नो मनपर्ने स्टारको फिल्म हेर्न अस्वीकार गरेको देखिन्छ । हो, समग्र कलेक्सनमा मात्र गिरावट आएको छैन तर तेलुगु संस्करणको व्यापारमा पनि गिरावट आएको छ । तर हिन्दी संस्करणको कुरा गर्ने हो भने दोस्रो दिन अर्थात २६ अगस्टमा फिल्मको कमाई बढेको छ । फिल्मले पहिलो दिनको तुलनामा ३४.०३ प्रतिशत बढी व्यापार गरेको छ ।