रोमाले युभेन्टसलाई बराबरीमा रोक्यो
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस र एएस रोमाले अंक बाडेका छन् । गएराती सम्पन्न खेलमा युभेन्टसलाई रोमाले १-१ को बराबरीमा रोकेको छ ।
युभेन्टसका लागि खेलको दोस्रो मिनेटमा नै दुसान भ्लाहोभिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि रोमाले पाउलो डिबालाको असिस्टमा खेलको ६९औं मिनेटमा टामी अब्राहीमको गोलमा खेल बराबरी गरेको थियो ।
यो बराबरीपछि रोमाको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक रहेको छ भने युभेन्टसको ३ खेलमा ५ अंक भएको छ ।
Comments
Related News