• Trending:

लिबियामा झडप- १२ जनको  मृत्यु, ८७ जना घाइते

लिबियामा झडप- १२ जनको  मृत्यु, ८७ जना घाइते

Economist Nepal

Sun, Bhadra 12 2079

लिबियामा झडप- १२ जनको  मृत्यु, ८७ जना घाइते


लिबियामा झडप- १२ जनको  मृत्यु, ८७ जना घाइते



kharibot

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ ।

सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।

सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ । शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ ।

सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.