केन्याविरुद्ध नेपालको ४ विकेटको जित
काठमाडौँ । नेपालले केन्याविरुद्ध ४ विकेटको जित निकालेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो टी- २० खेलमा केन्याले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपाललाई सहज जित दिलाउने क्रममा पुर्वकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिंग गरेका थिए । ज्ञानेन्द्रले ३७ बलमा ४४ रन बनाएका थिए । त्यस्तै नेपालका लागि अर्जुन साउदले ३५ रन बनाए भने रोहित पौडेलले २९ रन बनाएका थिए । त्यस्तै पवन सराफले २०, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा आदील अन्सारीले १६ रन बनाएका थिए ।
केन्याका बलर एउजेने ओचीएनग र भिराज पटेलले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको केन्याले २० ओभरमा २ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।
केन्याका लागि इरफान करिमले अविजित ५६ रन बनाए भने राकेप पटेलले अविजित ७३ रन बनाए । त्यस्तै सुखदीप सिंहले ८ रन बनाए भने कोलिन्स ओबुयाले १४ रन बनाए ।
त्यसैगरी नेपाली बलर सोमपाल कामी र आदील अन्सारीले एक एक विकेट लिए ।
जारी ५ खेलको सिरिजमा नेपालले २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो खेल सोमबार हुने छ ।