राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई पनि छलफलका लागि बोलाइन्
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न नेकपा एमालेका नेताहरूलाई पनि शितल निवासमा बोलाएकी छन् ।
एमालेका शिर्ष नेताहरु आजै साँझ शीतल निवास जाने एमालेका एक नेताले खरीबोटलाई बताए ।
नागरिकता विधेयकमा सरकार र राष्ट्रपतिबीच विवाद भएपछि उनले निरन्तर छलफल गरिरहेकी छन् । यसअघि आजै मात्र राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शिर्ष नेताहरूसँग छलफल गरेकी थिइन् ।
राष्ट्रपतिले यस अघि सुझावसहित फर्काएको नागरिकता विधेयक सरकारले प्रतिनिधि सभाबाट फेरी जस्ताको तस्तै पारित गरेर अहिले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि विधायन समितिमा छलफलका लागि पठाएको छ ।
Comments
Related News