सन्दीपले ५ विकेट लिएपछि केन्या १०१ रनमा समेटियो
काठमाडौँ । केन्याले नेपाललाई १०२ रन्को लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको चौथो खेलमा केन्याले टस जितेर पहिला ब्याटिंग गर्दै १०१ रन बनाएको छ ।
केन्याले २० ओभरमा अल आउट हुदै १०१ रन बनाएपछि नेपालले १०२ रनको लक्ष्य पाएको छ ।
केन्याका लागि लुकास ओलुओचले सर्बाधिक ३३ रन बनाए भने कप्तान शेम एनगोचेले १३ तथा ओपनर कोलिन्स ओबुयाले २० रन बनाएका थिए । केन्याका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
त्यस्तै नेपाली बलर कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका छन् । सन्दीपले ४ ओभरमा ९ रन दिएर ५ विकेट लिएका हुन् ।
त्यस्तै आदील अन्सारीले २ विकेट लिए भने शाहब आलम र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
जारी ५ खेलको सिरिजमा नेपाल अहिले २-१ ले अगाडी रहेको छ भने यो खेल जितेमा नेपालले टी-२० सिरिज जित्ने छ ।