• Trending:

नेपालको खराब ब्याटिंग, केन्यासँग पराजित

नेपालको खराब ब्याटिंग, केन्यासँग पराजित

Economist Nepal

Mon, Bhadra 13 2079

नेपालको खराब ब्याटिंग, केन्यासँग पराजित


नेपालको खराब ब्याटिंग, केन्यासँग पराजित



kharibot

काठमाडौँ । नेपाल केन्यासँग पराजित भएको छ । केन्याले दिएको १०२ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन मात्र बनाएपछि खेल ७ रन ले हारेको हो । खराब ब्याटिंग गरेपछि नेपालले एक खेल अघि नै सिरिज जित्ने अवसर गुमाएको छ । 

नेपालका लागि रोहित पौडेलले ४७ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

यसअघि केन्याले टस जितेर पहिला ब्याटिंग गर्दै १०१ रन बनाएको थियो ।

केन्याले २० ओभरमा अल आउट हुदै १०१ रन बनाएपछि नेपालले १०२ रनको लक्ष्य पाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्बाधिक ३३ रन बनाए भने कप्तान शेम एनगोचेले १३ तथा ओपनर कोलिन्स ओबुयाले २० रन बनाएका थिए । केन्याका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै नेपाली बलर कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका छन् । सन्दीपले ४ ओभरमा ९ रन दिएर ५ विकेट लिएका हुन् ।

त्यस्तै आदील अन्सारीले २ विकेट लिए भने शाहब आलम र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

केन्याको यो जित पछि ५ खेलको सिरिज २-२ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल मंगलबार हुने छ ।    

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.