• Trending:

दार्चुलामा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

दार्चुलामा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

Economist Nepal

Thu, Bhadra 16 2079

दार्चुलामा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता


दार्चुलामा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता



kharibot

दार्चुला । जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ ।

नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो ।

लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन् । “वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ,  उनले भनिन्, “यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौँ ।

यसअघि गत भदौ ८ गते सोही  नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो ।

जिल्ला प्रशासनले जिल्ला सदरमुकामसम्म आउन नसक्नेलाई घरैदैलोमै नागरिकता प्रदान गरिने जनाएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.