चोलेन्द्रको दोस्रो दिनको बयान सकियो
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले दोस्रो दिन विहान ११ बजेदखि करिब दुई घण्टा बयान लिएको थियो ।
समितिले तयार गरेका ४३ प्रश्न मध्ये अहिलेसम्म बुधबार र विहिबार गरि केवल ६ प्रश्न मात्र सोधिएको छ ।
अब अर्को बयान आइतबार हुने समितिका एक सदस्यले खरीबोटलाई बताए ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान बुधबारदेखि लिन थालेको हो ।
बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।