• Trending:

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक

Economist Nepal

Thu, Bhadra 16 2079

गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक


गोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोक



kharibot

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिगोकर्णेश्वरमा अनुमतिबिना स्काभेटर चलाउन रोककाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ ।

जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो । नगरप्रमुख दीपक रिसालका अनुसार, “नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको हो ।”

मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगरप्रमुखको अनुमति लिएर गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।

अन्यथा प्रचलित कानुनबमोजिम  कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.