फनपार्कले काठमाडौँ महानगरलाई तिर्यो मनोरंजन कर
काठमाडौँ । काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले मनोरंजन कर तिरेको छ ।
फनपार्कले विहिबार मनोरंजन कर बापतको १७ लाख ३६ हजार महानगरको राजस्व विभागलाई बुझाएको हो ।
मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करको रुपमा तिर्नुपर्ने नियम रहे पनि फनपार्कले पछिल्लो पाँच बर्ष सो कर तिरेको थिएन ।
अब फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी रहेको छ र सो कर भने वडा कार्यालयमा बुझाउनु पर्ने छ ।
महानगरले बुधबार २४ घन्टाभित्र कर बुझाउन २४ घन्टे अल्टिमेटम दिएपछि फनपार्कले विहिबार मनोरञ्जन कर मात्र बुझाएको छ ।
Comments
Related News