पूर्व गोलरक्षक चौबे भारतीय फुटबलको नयाँ अध्यक्ष
काठमाडौं । कल्याण चौबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा शुक्रबार निर्वाचित भएका छन् ।
४५ वर्षीय चौबेले अध्यक्षका अर्का प्रतिद्वन्दी पूर्व भारतीय कप्तान भाइचुङ भुटियालाई पराजित गरे । कुल ३४ मध्ये चौबेले ३३ भोट पाउँदा भुटियाको पक्षमा एक मत खस्यो ।
पूर्व अध्यक्ष प्रफुट पटेल सन् २००९ देखि अध्यक्षमा थिए । त्यसयता भारतले नयाँ अध्यक्ष पाएको हो ।
गत साता तेस्रो पक्षले हस्तक्षेप गरेको भन्दै फिफाले भारतलाई निलम्बन गरेको थियो । चुनाव हुने भएसँगै हाल भने प्रतिबन्ध फुकुवा भएको छ ।
Comments
Related News