अमेरिकाले ताइवानलाई १.१ अर्ब डलरको मिसाइल बेच्ने
काठमाडौँ । बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज बिक्रि गर्ने घोषणा गरेको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले ताइवानलाई हतियार प्याकेज डिलको घोषणा गरेको हो ।
उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । “हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,“ प्रवक्ताले भने ।
यस प्याकेजमा ६० हार्पून एन्टी शिप मिसाइल, १०० साइडविंडर एयर टू एयर मिसाइल, रहेका छन् । बाइडेन प्रशासनको यस प्रस्तावलाई अमेरिकी काँग्रेसले स्वीकृति दिने विश्वास गरिएको छ ।