चोलेन्द्रको आजको बयान सकियो, अर्को बैठक २५ भदौमा बस्ने
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । आजको बयानमा एक घन्टामा पाँच प्रश्न सोधिएको थियो ।
निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।
Comments
Related News