असोजदेखि शुक्रबार शेयर कारोबार नहुने
काठमाडौँ । आगामी असोजदेखि शुक्रबार कारोबार हुदै आएको शेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको शेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ १ गतेदेखि ३० गतेसम्म एक महिना हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिएपछि सो दिनको सट्टा शुक्रबारलाई सारिएको थियो ।
तर, एक महिना नबित्दै सरकारले आइतबारको बिदा खारेज गरेपछि शेयर बजारमा भने आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुँदै आएको थियो ।
अब भने नेप्सेले पूर्ववत् कारोबार दिन आइतबारदेखि बिहीबारलाई नै कार्यान्वयन गर्ने निर्णय गरको छ ।
Comments
Related News