• Trending:

चीनमा बन्यो विश्वकै सर्वाधिक ट्विस्टेड टावर

चीनमा बन्यो विश्वकै सर्वाधिक ट्विस्टेड टावर

Economist Nepal

Mon, Bhadra 20 2079

चीनमा बन्यो विश्वकै सर्वाधिक ट्विस्टेड टावर


चीनमा बन्यो विश्वकै सर्वाधिक ट्विस्टेड टावर



kharibot

काठमाडौं । पश्चिम चीनको मेगासिटी चोङकिङमा विश्वको सबैभन्दा धेरै घुमाउरो भवन ‘ट्विस्टेड  टावर’को अनावरण गरिएको छ ।

डान्स अफ लाइट नाम दिइएको १८० मिटर अग्लो गगनचुम्बी भवनलाई वास्तुकला फर्म एडासले डिजाइन गरेको हो । यो अनौठो भवनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

डिजाइन म्यागजिन डेजीनको रिपोटअनुसार चोङकिङको जियाङ्बेई जिल्लाको जिङफु प्लाजामा अवस्थित टावरमा दुईवटा दोहोरो घुमाउरा भाग छन्, जसले संरचना घुमिरहेको छ भन्ने महसुस गराउँछ ।

‘डान्स अफ लाइट’ समेत भनिने उक्त गगनचुम्बी भवनका केही तस्बिर सन्तनु भट्टाचार्य नामको अकाउन्टबाट प्रयोगकर्ताले ट्विटरमा सेयर गरेका छन् । ‘विश्वको सबैभन्दा घुमाउरो र सुन्दर टावररूमध्ये एक आज चीनको चोङकिङमा खोलिएको छ’, उनले ट्वीट गरेका छन् । उक्त टावर ५९० फिट अग्लो छ । टावरमा ३९ तला छन् । भवन एउटा घुमाउरो आकारको छ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.