• Trending:

लिज ट्रस कन्जरभेटिभ पार्टीको नेतामा विजयी

लिज ट्रस कन्जरभेटिभ पार्टीको नेतामा विजयी

Economist Nepal

Mon, Bhadra 20 2079

लिज ट्रस कन्जरभेटिभ पार्टीको नेतामा विजयी


लिज ट्रस कन्जरभेटिभ पार्टीको नेतामा विजयी



kharibot

काठमाडौँ । बेलायतको  कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस विजयी भएकी छन् । ट्रसले आफ्ना प्रतिद्वन्दी ऋषि सुनकलाई पराजित गर्दै पार्टीको नेतामा विजयी भएकी हुन् ।

पार्टीको नेतामा विजयी भएपछि अब ट्रस बेलायतको नयाँ प्रधानमन्त्री हुने छिन् । ट्रसले ८१ हजार ३२६ मत पाएकी छन् भने सुनकले ५० हजार ३९९ मत पाएको घोषणा गरिएको छ ।

नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो ।

ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रसले आफ्ना प्रतिष्पर्धी  ४२ वर्षीय सुनकलाई पछि पारेकी छन् । आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो ।

८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.