• Trending:

काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

Economist Nepal

Wed, Bhadra 22 2079

काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ



kharibot

काठमाडौं  । काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवेध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।  

दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ केजी गाँजाको धूलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जना छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.