• Trending:

वीरेन्द्रनगरमा सडक क्षेत्रका संरचना हटाउन निर्देशन

वीरेन्द्रनगरमा सडक क्षेत्रका संरचना हटाउन निर्देशन

Economist Nepal

Wed, Bhadra 22 2079

वीरेन्द्रनगरमा सडक क्षेत्रका संरचना हटाउन निर्देशन


वीरेन्द्रनगरमा सडक क्षेत्रका संरचना हटाउन निर्देशन



kharibot

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय र अन्य सरोकारवालासँग गरिएको बैठकको निर्णयका आधारमा सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी÷अस्थायी संरचनाहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको जानकारी दिए  ।

नगरपालिकाले यदि तोकिएको अवधिमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने सरोकारवाला निकाय तथा घर–जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । सडक क्षेत्रमा बनाइएका संरचना खाली नगर्दा सडक स्तरोन्नति कार्य प्रभावित भएपछि नगरपालिकाले सातदिने अल्टिमेटम दिएको हो ।

१२ करोड लागतमा चार लेनको सडक बनाइँदैछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.