• Trending:

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

Economist Nepal

Wed, Bhadra 22 2079

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

kharibot

काठमाडौं । नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।

शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ ।

संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ ।

पौडेलकी पत्नीले आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।

संघका अध्यक्ष तिमल्सिनाले पौडेलसँग को को थिए भन्ने समेत नखुलेको बताए । ‘हामीले धेरै प्रयास गरेका छौं, तर अहिलेसम्म केही सूचना आएको छैन,’ उनले भने ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.