• Trending:

दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु

दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु

Economist Nepal

Wed, Bhadra 22 2079

दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु


दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु



kharibot

दाङ । तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

छिमेकी दिदी नाता पर्ने सोही ठाउँनिवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा पतिसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.