• Trending:

पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

Economist Nepal

Wed, Bhadra 22 2079

पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

kharibot

काठमाडौँ । एशिया कप अन्तर्गतको सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

यो खेलपछि पाकिस्तान र श्रीलंका एशिया कपको फाइनलमा पुगेका छन् । पाकिस्तान र श्रीलंका सुपर फोरमा २-२ खेल जितेर फाइनलमा पुगेका हुन् ।

त्यस्तै पाकिस्तानको यो जितपछि भारत र अफगानिस्तानको फाइनल पुग्ने सम्भावना सकिएको छ । अब सुपर फोरको अर्को खेलमा विहिबार भारत र अफगानिस्तान खेल्ने छन् भने सुपर फोरको अन्तिम खेलमा शुक्रबार श्रीलंका र पाकिस्तान खेल्ने छन् ।

एशिया कपको फाइनल खेल आगामी आइतबार श्रीलंका र पाकिस्तानबीच नै हुने छ । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.