• Trending:

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

लागूऔषधसहित तीन जना पक्राउ


लागूऔषधसहित तीन जना पक्राउ



kharibot

काठमाडौ  । कास्की र बाँकेबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका–३२ मझुवाबाट १ केजी ५ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जना छन् । उनीहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १३० मिलिग्राम र सोही नगरपालिका–५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.