• Trending:

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ


मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ



kharibot

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो । 

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.