• Trending:

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंबाट पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंबाट पक्राउ


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौंबाट पक्राउ



kharibot

काठमाडौ । बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका–८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसी छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरेको हो । 

पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका  थिए । 

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.