• Trending:

झापामा १० लाखको धनमाल चोरी गर्ने दुई जना पक्राउ

झापामा १० लाखको धनमाल चोरी गर्ने दुई जना पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

झापामा १० लाखको धनमाल चोरी गर्ने दुई जना पक्राउ


झापामा १० लाखको धनमाल चोरी गर्ने दुई जना पक्राउ



kharibot

झापा  । भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । 

राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.