• Trending:

भगवती यु–१६ महिला टिमको प्रशिक्षक

भगवती यु–१६ महिला टिमको प्रशिक्षक

Economist Nepal

Thu, Bhadra 23 2079

भगवती यु–१६ महिला टिमको प्रशिक्षक


भगवती यु–१६ महिला टिमको प्रशिक्षक



kharibot

काठमाडौं । यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो ।

उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।

प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.