• Trending:

चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

Economist Nepal

Thu, Bhadra 23 2079

चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ


चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ



kharibot

बैतडी । बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४  वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 


 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.