• Trending:

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

Economist Nepal

Thu, Bhadra 23 2079

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

kharibot

धनगढी  । कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ । 

टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताएका छन् ।

सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.