ग्राहम पोटर बने चेल्सीको मुख्य प्रशिक्षक
काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पोटरले ब्राइटन क्लब छोडेर चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । चेल्सीले ग्राहमलाई पाँच बर्षका क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
चेल्सीले बुधबार मात्र आफ्ना प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
४७ बर्षिय पोटरले ब्राइटनमा मे २०१९ देखि प्रशिक्षकको भूमिकामा थिए ।
योसँगै पोटरले शनिबार चेल्सीको फुलह्यामविरुद्ध हुने खेलदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् ।
Comments
Related News