रियल सोसियाडाडसँग म्यानचेस्टर युनाइटेड पराजित
काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल सोसियाडाडको जितमा खेलको ५९औं मिनेटमा ब्राइस मेनडेजले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएपछि पनि ओल्ड टाफोर्डमा यूइएफएको निर्देशन अनुसार खेल भएको थियो ।
महारानीको निधनपछि यस साताका प्रिमियर लिगका खेलहरु भने स्थगित गरिएको छ । यस खेलमा क्रिस्टियानो रोनाल्डो समय खेलेका थिए ।
यो जितसँगै समुह इ मा रहेको रियल सोसियडाडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
Comments
Related News