• Trending:

म निर्दोष छु, निराधार आरोपको नेपाल आएर सामना गर्छु- सन्दीप

म निर्दोष छु, निराधार आरोपको नेपाल आएर सामना गर्छु- सन्दीप

Economist Nepal

Fri, Bhadra 24 2079

म निर्दोष छु, निराधार आरोपको नेपाल आएर सामना गर्छु- सन्दीप


म निर्दोष छु, निराधार आरोपको नेपाल आएर सामना गर्छु- सन्दीप



kharibot

काठमाडौँ । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल आउने भएका छन् ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि पहिलो पटक सामाजिक संजाल मार्फत सन्दीपले आफु निर्दोष रहेको बताउदै नेपालको कानुनमा विश्वास रहेको उल्लेख गरेका छन् ।

उनले सीपीलबाट बिदा भएर केहि दिनमा नेपाल आउने बताउदै निराधार आरोपको सामना गर्ने बताएका छन् ।

उनले भनेका छन- ‘म निर्दोष छु, नेपालको कानुनप्रति पुरा विश्वास छ । मैले सीपीलबाट बिदा भएर केहि दिनमा नेपाल आउने निर्णय गरेको छु । म सबै आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोषलाई न्याय र सहि अनुसन्धान हुने छ । आशा छ कानुनले सबैलाई बराबर हेर्ने छ ।’

सन्दीपलाई अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट विहिबार समेत निलम्बन गरेको छ ।  

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.