• Trending:

प्रधानमन्त्री देउवाद्वारा बेलायतकी महारानीको निधनमा दुख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा बेलायतकी महारानीको निधनमा दुख व्यक्त

Economist Nepal

Fri, Bhadra 24 2079

प्रधानमन्त्री देउवाद्वारा बेलायतकी महारानीको निधनमा दुख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा बेलायतकी महारानीको निधनमा दुख व्यक्त

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो। 

रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्।​ ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन्। 

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.