
सर्लाही । सर्लाहीको बरहथवामा १५ वर्षीय एक किशोरको स्थानीय नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
बरहथवा नगरपालिका-८ टाँडीस्थित सोती खोलाको नहरमा डुबेर सर्लाहीकै धनकौल गाउँपालिका- ७ घर भएका वीरेन्द्र यादवका १५ वर्षीय छोरा शिवजी यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बरहथवाका डीएसपी विजय यादवका अनुसार शिवजी बरहथवा स्थित जनता माविमा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् ।
बरहथवामा डेरामा बसेर पढ्दै आएका उनी बुधबार दिउँसो साथीहरुसँग पौडी खेल्न नगरमा गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको बुधबार साँझ डुबेको ठाउँभन्दा केही तल शव फेला परेको प्रहरीले जनाएको छ ।
Comments
Related News

