• Trending:

जनसहभागिता नभएको विकास सफल हुँदैन : मन्त्री भुसाल

जनसहभागिता नभएको विकास सफल हुँदैन : मन्त्री भुसाल

Economist Nepal

Fri, Bhadra 24 2079

जनसहभागिता नभएको विकास सफल हुँदैन : मन्त्री भुसाल


Pampha Bhusal2022 09 09 04 10 21

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनताको सहभागीता नरहेको विकास सफल नहुने बताएकी छिन् । जनताको आंकाक्षा अनुसारको विकासले नै दिगोपन प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको उनले बताइन् ।

शुक्रबार ललितपुरमा महर्जन समाजको २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भनिन्, ‘जनसहभागिता नभएको विकास सफल हुन्न । त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनु पर्छ ।’

आफूले बुङ्मतिका जनताको खेत सिंचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीब्रताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले आगामी दिनमा यहाँका जनताले गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।

city

बुङ्मतिका कलासंस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिइन् । ‘बुङ्मतिका हरेक घरमा एक कोठा घरबास (होमस्टे) का लागि छुट्याउनु पर्छ । यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेचेर अर्थोपार्जन गर्नुपर्छ,’ उनले भनिन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.