• Trending:

पूर्व युवराज्ञी हिमानीले बाँडिन् ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्व युवराज्ञी हिमानीले बाँडिन् ९७ विद्यालयलाई शैक्षिक सामग्री

Economist Nepal

Fri, Bhadra 24 2079

पूर्व युवराज्ञी हिमानीले बाँडिन् ९७ विद्यालयलाई शैक्षिक सामग्री


२४ भाद्र २०७९, शुक्रबार

himani 1

लमजुङ । पूर्व युवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूणर् विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

दुधपोखरि, मर्स्याङ्दी दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.