• Trending:

मंसिर ४ गतेपछि फेरि एमाले सरकारमा आउँछ : नेता बस्नेत

मंसिर ४ गतेपछि फेरि एमाले सरकारमा आउँछ : नेता बस्नेत

Economist Nepal

Fri, Bhadra 24 2079

मंसिर ४ गतेपछि फेरि एमाले सरकारमा आउँछ : नेता बस्नेत


mahesh basnet

भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

भक्तपुरमा आज (शुक्रबार) आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल वाग्मती प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले मंसिर ४ गते पछाडि एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् ।

उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि फटाहाहरुलाई तह लगाउने चेतावनी समेत दिएका छन् । उनले भने, ‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्छ ।’

city

मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोपसमेत उनले आरोप लगाए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.