• Trending:

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो

Economist Nepal

Fri, Bhadra 24 2079

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो


kay

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ ।

गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् । राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् ।

city

राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ । नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ । भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।

सिंगल शट म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ । गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, छैन मलाई पीर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.