• Trending:

बलात्कार आरोपित लहान नगरपालिकाका उपप्रमुख महतो प्रहरी नियन्त्रणमा

बलात्कार आरोपित लहान नगरपालिकाका उपप्रमुख महतो प्रहरी नियन्त्रणमा

Economist Nepal

Sat, Bhadra 25 2079

बलात्कार आरोपित लहान नगरपालिकाका उपप्रमुख महतो प्रहरी नियन्त्रणमा


ram chalitar mahto1662728233

जनकपुरधाम । बलात्कार आरोपमा फरार सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरी समक्ष हाजिर भएका छन् । शुक्रबार उनी कानुन व्यवसायीमार्फत लहान प्रहरीमा हाजिर भएका हुन् ।

प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार उनको स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ । महतोको स्वास्थ्य परीक्षणपछि अनुसन्धान पूरा नभएसम्म थुनामा राखिने डीएसपी बुढाथोकीले बताए ।

गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ती महिलाले साउन ४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिब दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् ।

city

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदका लागि कर्मचारी आवश्यकताको विज्ञापन गरिएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.