• Trending:

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु

Economist Nepal

Sat, Bhadra 25 2079

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु


२५ भाद्र २०७९, शनिबार

dubera

हरियाणा । भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।

भदौ ३१ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।

महेन्द्रगढमा कनिना-रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेशमूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् । राति अबेरसम्म नहरबाट आठ जनालाई निकालिएको थियो । जसमध्ये चार जनाको मृत्यु भएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.