• Trending:

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

Economist Nepal

Sat, Bhadra 25 2079

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु


२५ भाद्र २०७९, शनिबार

snack

सर्लाही । बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका-११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।

लगत्तै लालबन्दी नगरपालिका-१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्‍याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण सञ्चालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा सञ्चालन हुन सकेको छैन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.