• Trending:

महाभियोग सिफारिस समितिको बैठक बस्दै, अझै ३२ प्रश्नको जवाफ बाँकी

महाभियोग सिफारिस समितिको बैठक बस्दै, अझै ३२ प्रश्नको जवाफ बाँकी

Economist Nepal

Sat, Bhadra 25 2079

महाभियोग सिफारिस समितिको बैठक बस्दै, अझै ३२ प्रश्नको जवाफ बाँकी


२५ भाद्र २०७९, शनिबार

cholendra shumsher jb rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (शनिबार) बस्दै छ । अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको छ । तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।

अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए । समिति समक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन् । महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ । पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ । संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.