• Trending:

नक्कली नोटसहित पाख्रिन पक्राउ – Naya Page 2022

नक्कली नोटसहित पाख्रिन पक्राउ – Naya Page 2022

Economist Nepal

Sat, Bhadra 25 2079

नक्कली नोटसहित पाख्रिन पक्राउ – Naya Page 2022


२५ भाद्र २०७९, शनिबार

pakrau with fake currency2022 09 10 11 10 42

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ का अन्दाजी ३० वर्षीय नारायण पाख्रिन नक्कली नोट नौ हजारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बिहिबार काभ्रेको रोशी गाउँपालिका-७ बडारेगाउँमा एक व्यक्ति नक्कली नोट बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पाख्रिनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाख्रिनलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.