• Trending:

प्रतिनिधिसभाको बैठक स्थगित – Naya Page 2022

प्रतिनिधिसभाको बैठक स्थगित – Naya Page 2022

Economist Nepal

Sat, Bhadra 25 2079

प्रतिनिधिसभाको बैठक स्थगित – Naya Page 2022


२५ भाद्र २०७९, शनिबार

Parliment house samsad bhawans

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए । ‘भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.